back
CTIZAN AD

सिवाइसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ८ जना भाग्यमानी लगानीकर्ताले पाए ११ कित्ता

वि.सं.२०७९ वैशाख १५ बिहीवार

765 

shares

१५ वैशाख, काठमाडौँ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेडले लक्की ड्र मार्फत उक्त आईपिओ बाँडफाँट गरेको हो । आईपीओमा आवेदन दिने मध्ये ३६ हजार ९ सय ४८ जनाले गोलाप्रथाबाट १०/१० कित्ता शेयर प्राप्त गरेका छन् भने यि मध्ये भाग्यमानी ८ जनाले थप एक/एक कित्ता गरि ११ कित्ता सेयर प्राप्त गरेका छन ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ मूल्य बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको थियो । कम्पनीले निष्काशन गरेको साधारण शेयरमा कूल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ३ लाख ६९ हजार ४८८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १०:५९ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...