back
CTIZAN AD

कुवेतमा एक नेपाली चेलीको उपचारका क्रममा निधन

वि.सं.२०७९ वैशाख १५ बिहीवार

756 

shares

काठमाडौं । कुवेतमा कार्यरत एक नेपाली चेलीको उपचारका क्रममा मृत्यु भएको छ ।

गरामुनि–९ झापा घर भई कुवेतमा कार्यरत ४४ वर्षीया यदु गुरुङको उपचारको क्रममा निधन भएको हो ।

एक महिनादेखि लिभरको क्यान्सर रोगका कारण पीडित रहेकी गुरुङको उपचारका क्रममा अमिरी हस्पिटलमा मंगलबार बिहान मृत्यु भएको बताइएको छ ।

घरेलु कामदारको रुपमा कुवेत पुगेकी उनी स्पोन्सरबाट रिलिज लिएर व्युटीपार्लरमा कार्यरत थिइन् ।

एकमहिनाअघि एक्कासी पेट दुख्यो भनेर जाहारामा रहेको जाहारा हस्पिटलमा उपचारको लागि गएकी उनलाई अस्पतालले लिभरमा क्यान्सर देखिएको भन्दै अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो ।

कुवेतस्थित नेपाली दूतावासले गुरुङको मृत्यु भएको जानकारी प्राप्त भएको र थप अनुसन्धान गर्ने कार्य भइरहेको बताइएको छ ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १२:३५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...