back
CTIZAN AD

लघुकथा : उप–मेयरको टिकट

वि.सं.२०७९ वैशाख १७ शनिवार

741 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी

पक्कापक्की भइसकेको थियो उत्तराले पार्टीबाट उप–मेयरको टिकट पाउने पार्टीमा राम्रै हैसियत पनि थियो । उनको जनतासँग घुलमेल हुनसक्ने क्षमता त उनमा असिमित नै थियो । उनको यो क्षमता देखेर प्रतिपक्षी पार्टीहरूले उनलाई उच्च हैसियतको सम्मान दिन्छौँ भन्दै पार्टी त्यागेर आफ्नो पार्टीमा आउन आमन्त्रित नगरेको पनि होइन । तर उनी पार्टीलाई नै आफ्नो सबैथोक सम्झिन्थिन् र यस्ता पद सम्मानको लोभ लालचतिर फर्केर पनि हेर्दिनथिइन ।

उनलाई बिश्वास थियो । सहजै यो निर्वाचनले मलाई नै उप–मेयरको जिम्मेवारी सुम्पिनेछ भनेर, तसर्थ उप– मेयर भैसकेपछि सर्वप्रथम त महिलाका लागि गर्नुपर्ने महत्त्वपूर्ण काम र आफ्नो नगरपालिकामा प्राथमिकतासाथ गर्नुपर्ने कामहरूको फेहरिस्त नै तयार गरिसकेकी थिइन् उनले ।

जतिजति निर्वाचन नजिक आउँदै थियो उनी मनोनयन दाखिला र उम्मेदवारी दिने कसरतमा थिइन् । भोटदातासँग बाक्लो घुलमिलसाथ तालमेल मिलाउँदै थिइन् दिनरात नभनीकन ।
उता केन्द्रमा भने अन्तरपार्टी गठबन्धनको कुरा दिनप्रतिदिन चल्दै नै थियो कुन ठाउँमा कोसँग गर्ने भनेर यसमा पहिले त कसैसँग गठबन्धन नगर्ने भन्थ्यो उनको पार्टी तर अछुतो रहन सकेन बोली फेर्यो अन्तिममा आएर मनोनयन पेशगर्ने अधिल्लो दिनको साँझमा पार्टीको केन्द्रिय कार्यालयबाट आदेश आयो मेयर पद हाम्रो पार्टी र उप–मेयर पद अमुक पार्टीलाई दिने सहमति भयो । उप–मेयरमा अमुक पार्टीको रामशंकर शर्मालाई सहयोग गर्नुहोला, वहाँको पार्टीले हामीलाई मेयरमा सहयोग गर्नेछ ।

 

वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:२९ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...