back
CTIZAN AD

छन्द कविता : कृत्याकृत्य

वि.सं.२०७९ वैशाख १७ शनिवार

762 

shares

दीनानाथ पोख्रेल, इलाम

राम्रा नौला पथतिर पद हुन् भाग्छ रे दुष्ट झर्को ।
मान्छे खोज्दै निज घर धनको आउँथ्यो पूर्ण लर्को ।।
गर्छन् आशा जन मन सुख त्यो मिल्छ भन्छन् गुनेर ।
सर्दै टाढा सुख अझ परभै घोच्छ भाला चुनेर ।।०१।।

धर्ती भन्छिन् श्रमरत बन रे भाग्छ जात्रा सदैव ।
कर्मी मान्छे निज श्रम बलले जित्छ रे हार्छ दैव ।।
खुल्छन् बाटा फटफट सहजै चेत हल्का बनेर ।
पुग्छन् इच्छा सहज उदरका हुन्न लेखा गनेर ।।०२।।

आँखा आफ्नै पर जन सबको मात्र पर्गेल्छ दोष ।
गर्दा गल्ती विधिपथ परभै जाग्छ दुर्भाव खोट ।।
आत्मा चोर्ने कृत शुभ सब हुन् प्राप्ति मिल्नेछ हात ।
पुग्दा चाहा मन अति खुसभै जोशले उठ्छ गाथ ।।०३।।

तेरो मेरो अब सब पर होस् मिष्टता प्राप्ति हाम्रो ।
त्याग्दै फ्याँकू कलुषित मनको भाग्छ कालो नराम्रो ।।
झर्कोफर्को जब निज मनले बोक्छ आनन्द भाग्छ ।
प्यारा मीठा सरस वचनले योग्य सद्भाव जाग्छ ।।०४।।

मुन्टी चाँडो जब खुद मुखले बक्छ को मान्छ प्यारो ।
जाऊ चाँडो मधुर वचनले भाग्छ कालो अँध्यारो ।।
ज्ञानी भन्छन् मनुज सुगुणमा बढ्दछन् फुल्छ छाती ।
तीतो बोली चसचस कणझैँ घोच्दछन् दुख्छ छाती ।।०५।।

ताती पोल्ने रवि किरणविषे गर्दछन् व्यक्ति गाली ।
हेर्दा खुल्ने जन शशिपथ हुन् दुष्टता दूर फाली ।।
तीखा काँडा मनुज सब जुटी पोल्दछन् बुझ्नुपर्छ ।
धर्ती ढाकोस् नरम तृणविषे भावना प्रेम गर्छ ।।०६।।

पुर्खा भन्थे मनकस छ भने मूकझैँ बस्छ मान्छे ।
छैनन् गल्ती बकबक मुखले पड्कँदै उठ्छ मान्छे ।।
अर्को आफू मनसित तुलना गर्छ जो योग्यताले ।
घोच्दै छाती कटकट सुइझैँ दुख्छ बुझ्छन् भलाले ।।०७।।
छन्द ः चित्रलेखा

वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:३० मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...