सुरेश बैद्य, काठमाडौ
प्रिय । मलाइ हेरेर तिमि के हासेकी थियौ मुसुक्क
धर्तिमा छु कि स्वर्गमा छु बिर्सेछु मैले त भुसुक्क ।
चाँदी झै दन्त लहर देखाएर हाँस्दा कत्ति हिस्सि परेकी
दिन पनि रात झै लाग्छ जब बस्छौ तिमी रिसाइ ठुसुक्क ।
जहाँ जहाँ नजर पुर्याए देख्छु बहारै बहार छाएको
यस्तो रंगिन मौसममा आउछौ कि मायागर्न खुसुक्क ।
मेरो जस्तो तिम्रो पनि गुड्गुडि लाग्यो कि तन मनमा
मनका कुरा साट्न आउछौ कि भेट्न राति लुसुक्क ।
छट्पटिमै मेरा रात बित्यो उनको मिठो पर्खाइमा
थाहा नै भएन कुन बेला छोएर गए सपनिमा छुसुक्क ।
वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:३२ मा प्रकाशित






























