दामोदर ढकाल,भोजपुर
१.
सोचौँ राम्रो नै
संसारको उत्कृष्ट
ठाउँ हाम्रो नै ।
२
उब्जाऔं अन्न
भण्डारण गर्नुछ
हामीले टन्न ।
३
पुर्खाको नासो
नबझ्याऔं जमिन
अरूको हाँसो ।
४
संस्कार मानौ
जन्मभुमि र आमा
एकै हुन जानौ ।
५
वरको छाया
हृदयमा अटल
गाउँको माया ।
६
चिन्ता नगरौँ
शहरलाई भुली
गाउँ नै रोजौ ।
७
स्वर्ग त्यहीँ छ
जन्मस्थलको सुख
अन्त कहाँ छ ?
८
उब्जन्छ फल
गरे यहीँ धर्तीमा
गोड र मेल।
९
मेटौ तिर्सना
जन्मभूमि खातिर
रचौं सिर्जना ।
१०
सराप जाग्छ
जन्मभूमि भुलेमा
पाप है लाग्छ ।
वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:४१ मा प्रकाशित






























