back
CTIZAN AD

कविता : प्रेम र घृणाका आँखा

वि.सं.२०७९ वैशाख १७ शनिवार

1.1K 

shares

भुवन शिवाकोटी चौघरे, काठमाडौ

पुस्तकभित्रका अक्षरहरू
जतिसुकै धारिला भए पनि
आँखा काटदैनन्
जतिसुकै तिखा भए पनि
घोच्दैनन्
जतिसुकै आगोका फिलुङ्गा भए पनि
पोल्दैनन्
जतिसुकै आँधी हूरी भए पनि
उडाउदैनन्
जतिसुकै शीतल भए पनि
मुटुमा रगत
चिसो बनाउदैनन्
जति नै कमजोर भए पनि
भाँचिदैनन्
पेचिला शब्दहरू छन्
र म
पुस्तकसँग प्रेम गर्छु

बगैंचामा
जति नै काँडाभित्र फुलेका फूल भए पनि
फूलहरू मगमगाउन छोड्दैनन्
फूलले विभेद गर्दैन
इर्श्या र लोभ गर्दैनन्
काँडाहरू जति नै तिखा भएपनि
आँखा बिझाउदैन
र म
फूलसँग प्रेम गर्छु

तर
जब घरको गग्रेटोमा
छाती थिलथिलो भएको अचानो देख्छु
दापमा घुसारिएको खुकुरी देख्छु

खुकुरी र अचानोको सम्बन्ध सम्झन्छु
मलाई
घृणामात्र लाग्छ ।

वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:३८ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...