काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ।
सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र बैंकका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले एक कार्यक्रमकाबीच सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनि ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत भुक्तानी हुनेछ । साथै सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।
यस सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने विश्वास दुबै पक्षले लिएका छन् ।
वि.सं.२०७९ वैशाख २० मंगलवार १०:४८ मा प्रकाशित



























