back
CTIZAN AD

राष्ट्रिय भलिबल : ३–० को सेटमा हराउँदै पुलिसको जित

वि.सं.२०७९ वैशाख २१ बुधवार

672 

shares

काठमाडौँ । नेपाल पुलिस क्लब छैटौँ संस्करणको जारी राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको आजको खेलमा महिलातर्फ विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै विजयी भएको हो ।

पुलिसले एभरेस्टमाथि २५–१८,२५–१९ र २५–१४ को सेटमा जित निकालेको थियो । जितसँगै पुलिसले दुई खेलमा छ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड र एभरेस्ट भलिबल क्लब सहभागी छन् ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १४:३२ मा प्रकाशित