back
CTIZAN AD

पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायद्वारा कार्यशाला सम्पन्न

वि.सं.२०७९ वैशाख २१ बुधवार

1.1K 

shares

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ संकायले २ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यशालामा इन्जिनियरिङ अध्ययनको क्षेत्र, समस्या तथा चुनौती, शैक्षिक योजना, पाठ्यक्रमको पुनःसंरचना, आगामी योजना आदि लगायतका विषयहरुमा महत्वपुर्ण छलफल भएको थियो ।

कार्यशालाको उद्घाटन विश्वविद्यालयका उपकुलपति प्राडा. यादवराज कोइरालाले गरेका थिए । साथै कार्यशालामा प्रमुख अतिथि रहेका प्राडा. कोइरालाले विशेष मन्तव्य समेत राखेका थिए । कार्यशालामा विशेष टिप्पणी एकोनका अध्यक्ष इन्जिनियर लक्ष्मण पोखरेल, विश्वविद्यालय मूल्यांकन तथा अनुगमन विभागका निर्देशक प्राध्यापक संजेश कोइराला र विश्वविद्यालयका रजिष्टार निलमणि पोखरलेलले राखेका थिए ।

निर्माण क्षेत्रमा सिभिल इन्जिनियरिङ र यसको व्यवहारिक ज्ञान तथा अनुभवको विषयमा पिएस कम्पनी प्रालीका कार्यकारी निर्देशक इन्जिनियर आङ दोर्जे लामाले आफ्नो प्रस्तुती राखेका थिए । पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनमा देखिएका समस्या, चुनौती र सोबाट अगाडि बढ्ने विषयमा इन्जिनियरिङ संकायका डिन प्राध्यापक इन्जिनियर देवीप्रसाद भट्टराईले प्रस्तुती गरेका थिए ।

No description available.

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनको गुणस्तरको विषयमा रजिष्टार निलमणि पोख्रेल, सहायक नियन्त्रक इन्जिनियर अजयकुमार साह, परीक्षा नियन्त्रक प्राध्यापक मोहनबहादुर बस्नेत र डा. प्रल्हाद कार्कीले समुहगत छलफलको नेतृत्व गरेका थिए ।

कार्यशालाको तेस्रो चरणमा नेपालका विश्वविद्यालयमा इन्जिनियररिङ अध्ययन प्रवेश परिक्षाको मापन र पूर्वाअञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनको शुरुवातको विषयमा प्रस्तुती गरिएको थियो । जसको सहजिकरण प्राध्यापक देवीप्रसाद भट्टराई र इन्जिनियर बसन्तचन्द्र महरठ्ठाले गरेका थिए । त्यस्तै कार्यशालाको चौथो चरणमा पूर्र्वाञ्चल विश्वविद्यालय अन्तर्गतका संकायहरुको ब्राण्डिङको विषयमा छलफल गरिएको थियो । सोही चरणमा नेपालका इन्जिनियरिङ अध्ययन अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालयको केस स्टडी प्रस्तुत गरिएको थियो ।

No description available.

बैशाख १७ र १८ गते आगन्तुक रिसोर्टमा भएको कार्यशालाको अध्यक्षता पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन प्राध्यापक इ. देवीप्रसाद भट्टराइले गरेका थिए । कार्यशालामा स्वागत मन्तव्य इ. तेजराज गिरीले गरेका थिए भने कार्यशालको उद्देश्यबारे इ. हेमन्तराज गोइतले प्रकाश पारेका थिए । त्यस्तै कार्यशालामा भएका विभिन्न प्रस्तुतीहरुमा प्राध्यापक तोयानारायण पौडेल, नारायण आचार्य, इन्जिनियर बसन्त पौडेल र इन्जिनियर अबिनास मण्डल लगायतले सहजिकरण गरेका थिए । कार्यक्रममा उपस्थित अतिथीहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो । कार्यशालामा भएको महत्वपुर्ण छलफलले पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्यापन कार्यलाई आगामी दिनमा थप गुणस्तरिय बनाउन सघाउ पर्याउने अपेक्षा गरिएको प्राध्यापक तोयानारायण पौडेलले बताए ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १४:४४ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...