
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ संकायले २ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यशालामा इन्जिनियरिङ अध्ययनको क्षेत्र, समस्या तथा चुनौती, शैक्षिक योजना, पाठ्यक्रमको पुनःसंरचना, आगामी योजना आदि लगायतका विषयहरुमा महत्वपुर्ण छलफल भएको थियो ।
कार्यशालाको उद्घाटन विश्वविद्यालयका उपकुलपति प्राडा. यादवराज कोइरालाले गरेका थिए । साथै कार्यशालामा प्रमुख अतिथि रहेका प्राडा. कोइरालाले विशेष मन्तव्य समेत राखेका थिए । कार्यशालामा विशेष टिप्पणी एकोनका अध्यक्ष इन्जिनियर लक्ष्मण पोखरेल, विश्वविद्यालय मूल्यांकन तथा अनुगमन विभागका निर्देशक प्राध्यापक संजेश कोइराला र विश्वविद्यालयका रजिष्टार निलमणि पोखरलेलले राखेका थिए ।
निर्माण क्षेत्रमा सिभिल इन्जिनियरिङ र यसको व्यवहारिक ज्ञान तथा अनुभवको विषयमा पिएस कम्पनी प्रालीका कार्यकारी निर्देशक इन्जिनियर आङ दोर्जे लामाले आफ्नो प्रस्तुती राखेका थिए । पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनमा देखिएका समस्या, चुनौती र सोबाट अगाडि बढ्ने विषयमा इन्जिनियरिङ संकायका डिन प्राध्यापक इन्जिनियर देवीप्रसाद भट्टराईले प्रस्तुती गरेका थिए ।
त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनको गुणस्तरको विषयमा रजिष्टार निलमणि पोख्रेल, सहायक नियन्त्रक इन्जिनियर अजयकुमार साह, परीक्षा नियन्त्रक प्राध्यापक मोहनबहादुर बस्नेत र डा. प्रल्हाद कार्कीले समुहगत छलफलको नेतृत्व गरेका थिए ।
कार्यशालाको तेस्रो चरणमा नेपालका विश्वविद्यालयमा इन्जिनियररिङ अध्ययन प्रवेश परिक्षाको मापन र पूर्वाअञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनको शुरुवातको विषयमा प्रस्तुती गरिएको थियो । जसको सहजिकरण प्राध्यापक देवीप्रसाद भट्टराई र इन्जिनियर बसन्तचन्द्र महरठ्ठाले गरेका थिए । त्यस्तै कार्यशालाको चौथो चरणमा पूर्र्वाञ्चल विश्वविद्यालय अन्तर्गतका संकायहरुको ब्राण्डिङको विषयमा छलफल गरिएको थियो । सोही चरणमा नेपालका इन्जिनियरिङ अध्ययन अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालयको केस स्टडी प्रस्तुत गरिएको थियो ।
बैशाख १७ र १८ गते आगन्तुक रिसोर्टमा भएको कार्यशालाको अध्यक्षता पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन प्राध्यापक इ. देवीप्रसाद भट्टराइले गरेका थिए । कार्यशालामा स्वागत मन्तव्य इ. तेजराज गिरीले गरेका थिए भने कार्यशालको उद्देश्यबारे इ. हेमन्तराज गोइतले प्रकाश पारेका थिए । त्यस्तै कार्यशालामा भएका विभिन्न प्रस्तुतीहरुमा प्राध्यापक तोयानारायण पौडेल, नारायण आचार्य, इन्जिनियर बसन्त पौडेल र इन्जिनियर अबिनास मण्डल लगायतले सहजिकरण गरेका थिए । कार्यक्रममा उपस्थित अतिथीहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो । कार्यशालामा भएको महत्वपुर्ण छलफलले पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्यापन कार्यलाई आगामी दिनमा थप गुणस्तरिय बनाउन सघाउ पर्याउने अपेक्षा गरिएको प्राध्यापक तोयानारायण पौडेलले बताए ।