back
CTIZAN AD

नेता तथा कार्यकर्तालाई देउवाको निर्देशनः कांग्रेसले धोका दिँदैन भन्ने सन्देश दिनुहोस्

वि.सं.२०७९ वैशाख २१ बुधवार

849 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन्। उनले गठबन्धनले कांग्रेसलाई कुनै घाटा नभएको भन्दै कांग्रेसबाट पनि कसैलाई धोका नहुने बताए।

कांग्रेस मोरङद्वारा बुधबार विराटनगरमा आयोजित बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा कुनै प्रकारको आँच आउने कार्य नर्गनसमेत आग्रह गरे। उनले भनेका छन्, “दलीय गठबन्धन हामी सबैको हितका लागि हो, सबैलाई कांग्रेसले धोका दिँदैन भन्ने सन्देश दिओस्, निर्वाचनमा उचाल्ने पछार्ने काम धेरै हुन्छन्, यस्ताको पछि नलाग्नुस, गठबन्धनलाई सफल बनाउन सबैले आआफ्नो क्षेत्रबाट काम गर्नुस्।’

स्थानीय तहको निर्वाचनमा जित दिलाउनका लागि आग्रह गर्दै सभापति देउवाले ६५ वर्षदेखि नै बृद्धभत्ताको ब्यवस्था कांग्रेस नेतृत्वको सरकारले गरेको बताए। सोही क्रममा कांग्रेसका नेता रामचन्द्र पौडेलले पाँच दलको गठबन्धन लोकतन्त्र र संविधानको रक्षाको लागि गरिएको बताएका छन्।

लोकतन्त्रमा गठबन्धनलाई नौलो मान्न नहुनेमा जोड दिएका नेता पौडेलले विगत २०४६ सालको जनआन्दोलन, बिस्तृत शान्ति सम्झौताबाट नै गठबन्धनले औपचारिकता पाएको उल्लेख गरे। निर्वाचनका सन्दर्भमा उनले रुख र छाता दुवै शीतलता र सुरक्षा दिने हुँदा दुवैको संयोग राम्रो रहेको बताए।

कार्यक्रममा कांग्रेसका नेता डा. शेखर कोइरालाले विगतमा एमाले सरकारले जनतालाई समस्या, दुःख मात्र दिएको आरोप लगाए। एमालेले संविधान मास्ने काम गरेका बताएका कोइरालाले त्यसबाट जोगाउन गठबन्धनमा रहेको कांग्रेसलाई स्थानीय तह निर्वाचनमा जिताउन आवश्यक रहेको उल्लेख गरे।

वि.सं.२०७९ वैशाख २१ बुधवार १७:५० मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...