back
CTIZAN AD

गजल !

वि.सं.२०७९ वैशाख २४ शनिवार

1K 

shares

रातो झण्डा पनि हरिया मान्छेको ढाल भएकोछ
आज रूपिया कमाउनेहरूकै जञ्जाल भएकोछ,

जान्दैनौं काम गर्न चिन्दैनौं मित्र, दुश्मन लाई हामी,
त्यसैले त धेरैजनाको मृत्यु पनि अकाल भएकोछ ।

हाम्रो देशले निर्यातगर्ने त युवा शक्ति मात्र देखियो,
त्यसैले त देशमा जताततै आज बबाल भएकोछ ।

हाम्रो देश बिगार्ने बिदेशी भन्दापनि कामचोरले हो,
पेसाको लागि पेशेवर भएरनै देश कंगाल भएकोछ ।

देशभित्र रोजगार न हुंदा छोरा छोरी बिदेशी हुनाले,
गाउँ घरमा बृद्धाहरूको अबस्था वे–हाल भएकोछ ।

रिमझिम पानी पर्यो एकछिन मै प्रचण्ड घाम भयो,
प्रकृतिको नि मिजासमा अहिले कमाल भएकोछ ।

मानिसहरूपनि लड्नमात्रै खोज्छन किन सधैभरी,
हाम्रो देशमा शहिदकोखेती प्रत्येक साल भएकोछ ।

सुरेशकुमार पान्डे, दाङ, हाल भारत

 

वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:३१ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...