back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ वैशाख २४ शनिवार

4K 

shares

गोठालो काशिराम, ढकारी, अछाम


जब कसैको सामु आफ्नो बेइज्जत, हुन्छ
नयन रसाउन थाल्छन् मन भतभत, हुन्छ
यो जिन्दगी जिउन पनि के नै रहेछ चाहिने
जे थोक आफुसंग छैन उसैको जरुरत, हुन्छ


यो प्रकृति हुँदासम्म दुनियाँ, हुँदासम्म
उम्रेको हुन्छ बिरुवा बियाँ, हुँदासम्म
हेर मान्छे मान्छे बिचको सम्बन्ध पनि
बनेको हुन्छ केवल रुपियाँ, हुँदासम्म


दुःखहरु त थपिदै जान्थे झन, ऊ बेलामा
नयन रसाउथे रुन्थ्यो यो मन, ऊ बेलामा
यो जिन्दगी अभावै अभावमा हुर्केको हो
पेटभरि पाको होइन भोजन, ऊ बेलामा


गर्नुपर्छ कडा अभिनय, देखाउनु पर्छ
हुनुपर्छ आफ्नो विजय, देखाउनु पर्छ
कुरा काटेर खुट्टा तान्ने ती दुष्टहरूलाई
आफुले आफ्नो समय, देखाउनु पर्छ


आएको हुन्छ उदासी पन, किस्ता किस्तामा
कुन्नि किन दुख्छ यो मन, किस्ता किस्तामा
खुशीलाई धितो राखी जिउनु पर्छ साहेब
पीडाहरु त आइ रहन्छन्, किस्ता किस्तामा

वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:३२ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...