back
CTIZAN AD

छेस्का कविता

वि.सं.२०७९ वैशाख २४ शनिवार

804 

shares

बुद्ध प्रकाश सिंह, दाङ्ग


देखियो मेला
पैसाको खोलो
चुनावी बेला ।


सत्ताको खेल
जहिलेपनि
जाल र झेल ।


नक्कली नारा
जानेका कति
डुबाइ सारा ।


नदेऊ धम्की
उद्धेश्य टिप्न
हिड्ने हो लम्की ।


खरानी घस
काम छैन् तिम्रो
जंगल पस ।


पुरानै नारा
सपना बेच्ने
बुझ है सारा ।


पचाई लाज
नमस्ते भन्दै
आएका आज ।


अमूल्य भोट
नबेच्नु जन
लिएर नोट ।


असल छान्नु
मनमा लाको
छापमा हान्नु ।

१०
प्रवृत्ति हेर
सेवा र भाव
नजाओस् खेर ।

वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:३३ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...