back
CTIZAN AD

सुसेली : निर्वाचन २०७९

वि.सं.२०७९ वैशाख २४ शनिवार

933 

shares

दुर्गा अधिकारी भमरकोटे
काभ्रेपलाञ्चोक, भमरकोट

१.
घस्छन् बेसार
निर्वाचन उनासी
नयाँ के छ र ?

पार्टी प्रवेश
को आउँछ को जान्छ
छैन निषेध ।

नेता भा रु मा
बाठो बिक्छ दारुमा
देश मरुमा ।

कुरा हुदैनन्
जनताका अपेक्षा
पूरा हुदैनन् ।

किन फुटेका
सत्रु काखी च्यापेर
भाइ कुटेका ।

सोझा निचोरे
जन्मदिने आमाको
छाती चिथोरे ।

छ अलपत्र
लाटोको लगौंटी झैँ
घोषणापत्र ।

देश फन्दामा
राजनीति विकास
भागबन्डामा ।

झूटो लेख्दिन
यी नेता के बक्दैछन्
मैले बुझ्दिन ।
१०
राजनीति यो
गर्नेलाई भन्दानी
हेर्नै लाज भो ।

वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:३६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...