विपिन अगस्ति, फिक्कल, इलाम
वसन्तको कोइली झैं, बोली मीठो बैगुनीको;
मुटु छेड्ने नजरको, गोली मीठो बैगुनीको ।
डुबुल्की नै लगाएर, सधैँ नुहाउँ नुहाउँ लाग्ने;
सदाबहार बैश बग्ने, खोली मीठो बैगुनीको ।
मदिराको मात भन्दा, भरिएको मादकता;
रङ्गीचङ्गी यौवनको, होली मीठो बैगुनीको ।
कहिले भेट्ने तिर्खा मेट्ने, वहाना छन् थरीथरी;
जहिले पनि आश्वासनको, भोलि मीठो बैगुनीको ।
रमाएर अगस्तिले, कहिले भिर्न पाउने होला !
मायै माया भरिएको, झोली मीठो बैगुनीको ।
वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:३७ मा प्रकाशित






























