back
CTIZAN AD

कविता : चुनाव

वि.सं.२०७९ वैशाख २४ शनिवार

852 

shares

कलानिधि दाहाल, काठमाडौं

तातो मौसममा
माटो तातेको छ
पानी तातेको छ
हवा तातेको छ
मन तातेको छ
तन तातेका छन्
मान्छेका कुरा नै नगरौँ
पत्नी
झण्डा उचालेर
निस्केकी छे सडकमा
–चिह्न अर्कै छ
पति
झण्डा उचालेर
उफ्रिएको छ जुलुसमा
–चिह्न अर्कै छ
छोरो उतर्सिएर
नारा उचाल्दै छ
शहरगाउँमा
गल्लीचोकहरूमा
–चिह्न फरक छ
तपाईं शिरमा
देश राख्नु हुन्छ ?
कलमको बिर्को
देशका नाममा उघार्नु हुन्छ ?
जुरुक्क उठ्नोस्
खुरुक्क जानोस्
आस्थाका अनुहारमा
चिह्नमा लगाउनोस् छाप
विवेकको
सगरमाथा अग्लन्छ
जिब्रोको टुप्पोमा
देश राखेर
ओठमा
आमाका अर्चना ओढ्नेहरू !

देश
स्वार्थको पकेट हो
आमा
भौतिक स्वार्थकी जकेट हुन्
परम्पराट
निकम्माहरूका आड हुन्
चुनाव
चण्डालहरूको चाबुक हो
विश्वास गर्न सक्नु हुन्छ ?

अन्धविश्वासकै
फेर समाएर भए पनि
चिया सुर्काउनोस्
कतै तुर्काउनोस्
र दौडेर ठाउँमै पुग्नुहोस्
हेर्नोस्
नियाल्नोस्
तपाइजस्तै चाप्लुस
उठेको छ त्यता पनि
अनुहार चिह्नितमा
छाप लगाउनोस्
कम्तीमा पनि
अलिकति मान्छे हुनुको
अनुहार रहन्छ
ठान्नु हुन्छ ?
देश
स्वार्थको पकेट हो
आमा
भौतिक स्वार्थकी जकेट हुन्
परम्पराट
निकम्माहरूका आड हुन्
चुनाव
चण्डालहरूको चाबुक हो
विश्वास गर्न सक्नु हुन्छ ?
पलेटी कस्नु होस्
कलमकपी खोल्नु होस्
सङ्कीर्ण तारका बारभन्दा
–अग्लो उचाइ
–अनुपम मानवता
घिनौना व्यवहार सामु
असम्भव
अकल्पनीय
त्यो संसार लेख्नु होस्
जहाँ
–न दृश हुन्छ
–न पार्टी हुन्छन्
–न चुनाव हुन्छ
न चण्डालचाटुकारहरूका
अन्धविश्वासको
जाल जेलिएको हुन्छ ।

 

वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:३९ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...