बाबुराम न्यौपाने “उत्स“दमक, झापा
आँखामा बस्यो रुपको मोह दिलमा मृदु प्यास
मनको काप सेपेर उठ्यो आँधी भई मीठो आश ।
मिलनको रहर ठाउँ न ठहर मार्मिक छ कहानी
रातका तारा नडुबेसम्म कहाँ हुन्छ बिहानी
उनलाई छुने मादक हावा मैसम्म आउँछ
उताको गुप्त संदेशल्याई सुटुक्क सुनाउँछ ।
आँखामा बस्यो रुपको मोह दिलमा मृदु प्यास
मनको काप सेपेर उठ्यो आँधी भई मीठो आश ।
हावामा उड्यो प्रीतिको सुवास मन भो चञ्चल
दिलको मिलन भेटको जलन क्या मीठो तल्तल
सम्झना सुन्दर पहेलि बन्यो स्पर्श मीठो प्यास
दुईदिलमा गाँठो कसिन्छ जब चल्दैन एक्लै सास ।
आँखामा बस्यो रुपको मोह दिलमा मृदु प्यास
मनको काप सेपेर उठ्यो आँधी भई मीठो आश ।
वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:४२ मा प्रकाशित






























