केशवप्रसाद ढकाल ’प्रीतबीज’
सिरान्चोक, गोरखा
१
घाँटी हेरी हाड निल्दैनौ किन ?
छातीभित्र देश दुखीरहेको बेला
साथी साथी पनि मिल्दैनौ किन ?
२
कवाफमा हड्डी हुन्छौ किन ?
अन्तरङ्ग हाम्रो जान्दाजान्दै तिमी
कुराले आकाश छुन्छौ किन ?
३
गलत बाटो रोजेको किन ?
रिसले आफैँलाई खान्छ जान्दाजान्दै
आफैँले निहुँ खोजेको किन ?
४
घरमा आगो झोसेको किन ?
आफैँ बोक्सी आफैँ झाक्री भएर तिमी
मुखको चारो खोसेको किन ?
५
आँखामा छारो हालेको किन ?
ढुङ्गाको भर माटो हो जान्दाजान्दै पनि
शत्रुता चर्को पालेको किन ?
वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:४७ मा प्रकाशित






























