back
CTIZAN AD

कविता : शान्तिको हुर्मत

वि.सं.२०७९ वैशाख २४ शनिवार

822 

shares

कृष्ण बाउसे

दिनहरू
औँसीका रात भएर तन्केका थिए ।
रातहरू
त्रासद डढेलाहरू भएर दन्केका थिए ।
हाम्रा चलायमान लासका वरिपरि
धेरै समयदेखि
सन्नाटाहरू भन्केका थिए ।

दिक्क भएर
समयले सहज अवतरणको विकल्प रोज्यो ।
दिक्क भएर
नयाँ हावाले
परिवेशलाई शीतल दिन खोज्यो ।
तर
सायद कुकुरलाई घिउ पचेन
हाम्रो विवेकले
सहज अवतरणको मार्ग रोज्न सकेन
कुर्सीको लालसाले
मेरो मन कलुुषित बन्यो
कुर्सीको लालसाले
तिम्रो मन कलुषित बन्यो
र फेरि
बुद्ध खोपामा थन्किए
अनि
विगतमा कहिल्यै नदेखिएको विषालु झार
कतै नाकहरूको आड लागेर
कतै धोतीले बेरिएर
र कतै टोपीले छोपिएर
सिमानाहरू नाघ्दै फैलियो ।

हो,
शान्तिको रोदन प्रतिध्वनित भइरहेछ परिवेशमा
तर हामी
त्यसलाई आफ्नै रोजाईको संगीत भन्ठान्दै
केवल
पागलहरूको निरर्थक नृत्यमा जुटिरहेछौँ ।

 

यसरी
आज
हामी सबै मिलेर शान्तिको हुर्मत लिइरहेछौँ ।
त्यो आफ्ना कोमल हातहरूले
हामीलाई सुम्सुम्याउन खोजिरहेछ
तर हामीभने
चौबाटोमा लगेर
त्यसलाई सिस्नुपानीले चुटिरहेछौँ ।
हामीले यसबेला साँच्चै नै
आ–आफ्ना निकृष्ट चाहनाहरूको सम्मानका खातिर
शान्तिको इज्जत लुटिरहेछौँ ।

हो,
शान्तिको रोदन प्रतिध्वनित भइरहेछ परिवेशमा
तर हामी
त्यसलाई आफ्नै रोजाईको संगीत भन्ठान्दै
केवल
पागलहरूको निरर्थक नृत्यमा जुटिरहेछौँ ।

 

वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:४८ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...