
बिबस पारदर्शी,भद्रपुर झापा
१.
डाँडाकाँडा ढाकियो धुवाँले,
बम गोला छेकेन भुवाले ।
२.
मिसाइल उडेर हावामा,
गाह्रोभयो युक्रेनी धावामा ।
३.
मान्छे मरे भुसुना समान,
सङ्ग्राम भो मामुली नठान ।
४.
बाँचे भने फर्कुला पियारी,
घरै बस ती बच्चा स्याहारी ।
५.
परे मत रुसको धावामा,
सन्देश यो पठाएँ हावामा ।
छन्द : मारुनी
( ४+३+३ =१० )