back
CTIZAN AD

छन्द कविता : यात्रा

वि.सं.२०७९ वैशाख २४ शनिवार

1.3K 

shares

अविचल आस्था मणि
मनमैंजु, काठमाण्डौं

उकारेको इच्छा, शुभ समयमा शान्त नमन,
चलेको हावामा मधुसुमन बास्ना हरदम ।
छु आएको बोकी सुखद सपनाका कचहरी,
छु लाएको आफै अनुभव भरी ताज पगरी ।१।

अनायासै आँखा टल्पल भएका किन किन,
उज्यालो आत्मामा छलफल चलेको प्रशमन ।
गरौं बाधा भन्दै अविरल बढेको अघि थिएँ,
गरौं सेवा लाग्यो, अविचल खडा हाजिर दिएँ ।२।

सबै आफैं जस्ता, सरल मतिका इष्ट स्वजन,
छु पाएको साथी सविनय कलायुक्त नमन ।
गरेको आत्माले विकसित कथा यो अब सुन,
सेवाग्राही पाए सरलमतिमा सक्छु नुहुन ।३।

छु एक्लै यात्रामा मणिजडित आस्था अविचल,
छु पाएको बाटो शुभ मति लिएँ चल्न सरल ।
चुमेको आस्थाले हितकर उज्यालो किरणमा,
छु आएको हाँस्दै, अभिनय गरि चुम्दछु कणा ।४।

सदाचारी बन्दै सकुशल चलेको पथ यहाँ,
छु पाएको चल्ने समयसित मिल्ने रथ नयाँ ।
सपारेको इच्छा अनुभ मिलेको सरलमा,
सुखी यात्रा सञ्चोसित हुन गयो यो सहजमा ।५।

मुना खुल्छिन् गोरी, मुकुलित सफा सार्थक मन,
चलाएका बास्ना सररर चले आज पवन ।
जसो आए लेखें, हरफ सुकिला अक्षरगण,
उदाएका पाएँ रविशशि कलासाथ किरण ।६।

नयाँ बाटो खुल्दा, अविचलित आस्था वरपर,
सबै बाधा भागे, अचम महिमाको परपर ।
नयाँ साथी आए धवलित प्रभामा समुचित,
निकालेको पाएँ मिलनलय सच्चा र पुनित ।७।

सबै डाकें मान्छे, धवल मनका बढ्नु छ अघि,
छु आस्था ज्योत्स्नामा भरभर बनेको बुझ कवि ।
सबै आफ्ना ठान्ने, सरल मति राख्ने असल छु,
छु मानेको यात्रा अवधिभर बन्ने सरल छु ।८।

छन्द : शिखरिणी

वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:५७ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...