back
CTIZAN AD

लघुकथा : स्थानीय चुनाव

वि.सं.२०७९ वैशाख २४ शनिवार

867 

shares

मुक्ति गौतम, मणिपुर (भारत)

’यसपाली म ता कुनै पार्टीलाई भोट दिन्न । दस वर्ष भयो, पार्टीका उम्मेदवारले झुक्याएको । हाम्रो गाउँमा कहिल्यै पानी आएन । दुई किलोमिटर ओरालो झरेर पानी ल्याउनु पर्छ ।’ धारामा पानी भर्दै थपिनी कान्छीले भनि ।

‘हो त यसपाली पार्टीलाई होइन, असल मान्छेलाई भोट दिनुपर्छ है, बहिनी । हामीलाई कुनै पाटीखरी चाहिएन ।’ लिम्बूनी माइलीले थपी ।

‘आ ! जुन जोगी आए पनि कानै चिरिएको । भोट माग्ने बेलामा जम्लाहात जोड्दै आउँछन, जितेर कुर्सी भेटेपछि मुखै देखाउँदैनन । हामी गरीबका नाउँमा भोट माग्छन, पाँच वर्षमा भारी पुग्ने गरी पैसा कमाउँछन् । भो दिदी ! म ता भोटदेखि वाक्क भइसकें ।’, थपिनी कान्छीले निराशा पोखी ।

‘त्यसो नभन है कान्छी ! अस्ति हाम्रो स्कुलमा गाउँलेहरूको बैठक बसेको थियो, बैठकले बिना पार्टीका कुनै खोट नलागेका राम्राराम्रा स्वतन्त्र उम्मेदवार छानी सकेको छ । भ्रष्टाचार मुक्त नमुना गाउँपालिका बनाउने संकल्प पत्रमा गाउँ भरीका मतदाता र उम्मेदवार मिलेर सहिछाप गरीसकेका छन् । गाउँलेहरूले आफैं खर्च गरेर उम्मेदवार बनाउने निर्णय भएको छ । अब हामी आफैं मतदाताहरुलाई सम्झाउन घरदैलोमा जानुपर्छ है बहिनी ।’, लिम्बूनी माइलीले फेरि थपी ।

‘लु ! उसोभए म पनि घरघरमा हिंड्छु, मतदाता हरूलाई सम्झाउन । त्यसोभए अब हाम्रा घर–घरमा पानीको धारा आउँछ ।’, पानीको गाग्री उचाल्दै थपिनी कान्छीले भनि ।

 

वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:५८ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...