back
CTIZAN AD

कविता : नयाँ वर्ष

वि.सं.२०७९ वैशाख २४ शनिवार

1.3K 

shares

महेशराज खरेल, कोटेश्वर काठमाण्डौ

नयाँ वर्ष,
यसपटक तिमी आऊँ
देश बिकासको उत्कृष्ट शिप र दृष्ट्रिकोण लिएर आउ,
घात र प्रतिघातले थिलथिलो
नेपाल निर्माणको दृढ अठोट बोकेर आउ ।।

भेटेका छौ तिमीले देशमा,
बोक्सा, बोक्सीको आरोपमा कुटिएका,
हेपिएका, थिचिएका र मिचिएका,
दाईजोको अभावमा दवाईएका,जलाईएका,
जात र पातको आरोपमा,
सामाजिक अपहेलना खेपिरहेका,
विपन्नताको शिखर बोकेर
कष्टकर जीवन घिसारिरहेका,
उपचारको अभावमा मृत्युलाई पर्खिरहेका
बलात्कारको शिकारमा परेका अवोध बालीका,
तड्पिरहेका वा जीवन लिला नै
समाप्त गरिईने गरेका,
व्याभिचारयुक्त कार्यहरु,
मध्ययुगिन सामाजिक पछौटेपन अशिक्षाको कालो पर्दा,
ती सबै अभाव र अमानवियता च्यातेर,
अन्याय, अत्यचार र ब्यभिचार बिरुद्ध,
न्याय र समानताका लागि ,आधुनिक एवम्,
निष्ठापुर्ण जीवनको स्रोत बनेर आऊ ।

थाहै छ, तिमीलाई यहाँ,
मुलुक जीवनले बिप्रेषण साँटेर चलिरहेछ,
बृद्ध आमा बुवाको सहारा,
नवदुलहीको सपना,
लाला र बालाको भविष्य,
सबै सबै बन्द बाकसमा आउने गरेको छ,
तिमी यसपटक आँउदा,
उद्धानको लक्ष्य लिएर,
देशको चौतर्फी बिकास सहित
रोजी र रोटी बोकेर आऊ,
निसाहाय बुवा आमाको सहारा,
निस्पृहता यौवनाको भविस्य,
र नावालकको सुन्दर सपना,
सबै सगै लिएर आऊ ।।

बुझे कै छौ तिमीले,
अपार जलसम्पदाको धनी हाम्रो देश,
सिंचन नभएर बाँझो परेको हाम्रो बारी अनि खेत,
उर्जानै उत्पादन र बिकासको मुल आधार,
झलमल्ल बत्तिको अभावमा
अंधेरोमा बितेको हाम्रो परिवेश,
झोलामा खोला अटाउने हाम्रो चलन,
अर्काको स्रोत कब्जामा रमाउने छिमेकी मन,
कसरी भनु म तिमीलाई,यो कुरा !! अनि नभनु कसरी ?

तिमिले देखे कै छौ,
हाम्रा उर्वर धरती
बाँझो परेर रोईरहेका छन्,
पौरखी युवा र युवती आफ्नो अमूल्य रगत पसिना,
बिदेशी धरतीमा पोखाईरहेछन्,
कृषि प्रदान देश हाम्रो खर्वाैको
खाद्धान्न आयात र बन्द निर्यातले
शोधान्तर घाटाको जीवन चलाईरहेछ,
तिमी आउँदा यसपटक,
नव प्रविधिले सुसज्जीत सृजना बोकेर आऊ,
सवल ,स्वतन्त्र एवम्,राष्ट्रिय
अर्थतन्त्र निर्माणको आधारशिला खडा गर्न,
तिमी आयात प्रतिस्थापनको
दक्षता सहित प्रतिबद्ध बनेर आऊ !!

हामीले भोगी रहेका छौ,
पहिले पहिले तल्ला घरेले मात्र हाम्रो खेतको सिमा मिच्थ्ये,
अहिले भिन्नै उद्धेश्य बोकेर,
पल्ला घरेहरु पनि थपिएका छन्,
हाम्रा सद्भाव र मित्रताका मानकलाई
धारिलो हतियारले रेटिरहेका छन्,
कोठेबारीका हाम्रा राम्रा फलफुलहरु,
उनले आफ्नो पेवा बनाउदै छन्,
हाम्रा गाईबस्तु चर्ने जौवारी र रानी वनमा
उनका साँडेले सखाप पारिरहेका छन्,
हाम्रा रिति रिवाज, मान्यता र परम्परामा,
उनले विषाक्त फर्मान चलाउदै छन्
अझभनु अनुदान र मान को नाममा
हाम्रो राष्ट्रिय स्वाभिमान खोक्रो बन्दैछ
आउ तिमी यसपटक
अस्तित्व रक्षाको शक्तिशाली कवच बनेर आऊ,।।
संसारका ठूला साना,
धनी गरिब बिच रहेको
असमानताको पर्खाल तोडेर,
समानताको अमिट नीधि र वीधि बनेर आऊ।

बुझे कै छौ तिमीले,
अपार जलसम्पदाको धनी हाम्रो देश,
सिंचन नभएर बाँझो परेको हाम्रो बारी अनि खेत,
उर्जानै उत्पादन र बिकासको मुल आधार,
झलमल्ल बत्तिको अभावमा
अंधेरोमा बितेको हाम्रो परिवेश,
झोलामा खोला अटाउने हाम्रो चलन,
अर्काको स्रोत कब्जामा रमाउने छिमेकी मन,
कसरी भनु म तिमीलाई,यो कुरा !! अनि नभनु कसरी ?
तिमी आँउदा यसपटक
निष्ठापूर्वक राष्ट्रियता बोकेर आऊ ।
सबै विकृति र विसंगति हटाउने
औजार पनि साथमै लिएर आऊ ।

 

वि.सं.२०७९ वैशाख २४ शनिवार ०८:०५ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...