back
CTIZAN AD

कविता : परेवा र म

वि.सं.२०७९ वैशाख २४ शनिवार

930 

shares

ओम आचार्य, अर्घाखाँची

एकाबिहानै
म तिनीहरू आए कि भनेर आउँछु
तिनीहरू म आयो भनेर आउँछन्
हाम्रो देवघाट
हाम्रो भेटघाट
हाम्रै घरको छत हो
हामी दुबै थरिको यो बथ हो ।

तिनीहरू केही दिन्छ भनेर आउँछन्
म तिनीहरूलाई केही दिन्छु भनेर आउँछु
हाम्रो गजबको सम्बन्ध छ
तिनीहरू चारो खाएर भोक मेटाउँछन्
म तिनीहरूको कामकला हेरेर अतृप्त प्यास मेटाउँछु
भोक र प्यासले बनाएको मित्रता
अजीवको छ अजीवको ।

तिनीहरू बथानमा आउछन्
पेट भर्छन्
फोहर गर्छन्
परपर सर्छन्
संसर्ग गर्छन्
बाज संग डर्छन्
मैले पनि यिनकै सिको त गर्छु
फरक यत्ति छ तिनीहरू सम्बन्ध मुक्त छन्
म बन्धनयुक्त छु ।

तिनीहरू शान्ति बोकेर माथि माथि उड्छन्
म शान्ति खस्ला भनी फाँद थाप्छू
थापिरहन्छु समय
चाँपिरहन्छु रहर
हेर्दै हर प्रहर
टसमस नगरी
भोलि बिहान फेरि भेट्ने गरी ।

 

वि.सं.२०७९ वैशाख २४ शनिवार ०८:१९ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...