
२८ वैशाख, काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले आज (वैशाख २८ गते) बुधबारदेखि साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
शेयरका लागि न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिने छ । आवेदन जेठ ४ गतेसम्म दिन सकिने छ । शेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ।