back
CTIZAN AD

श्रीलङ्काको रेमिट्यान्समा ५० प्रतिशतले कमी

वि.सं.२०७९ जेठ ८ आइतवार

738 

shares

कोलम्बो ।  श्रीलङ्काले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैङ्कले जनाएको छ ।

गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रतिशत भन्दा बढीको गिरावट भएको बैंकद्वारा आइतबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सन् २०२१ को जनवरीदेखि अप्रिलको बीचमा श्रीलङ्काले कामदारको रेमिट्यान्समा २.३८ अर्ब डलर प्राप्त गरेको थियो । उक्त रकम यो वर्ष १.०३ अर्ब डलरमा झरेको छ ।

यसैबीच सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म श्रीलङ्काले पर्यटनबाट छ करोड २६ लाख ४० हजार डलर कमाएको थियो । गत वर्षको सोही अवधिमा यो रकम ३६ करोड डलर रहेको थियो ।

पर्यटन र श्रमिकको रेमिट्यान्स श्रीलङ्काका लागि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हो । दक्षिण एसियाली मुलुकले सन् २०२१ मा ५.५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो । यो २०२० मा ७.१ अर्ब डलरबाट २३ प्रतिशतले घटेको थियो ।

श्रीलङ्काले सन् २०१८ मा २३ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको थियो । सन् २०१९ मा भएको बम विस्फोटनपछि उक्त सङ्ख्या १.९ मिलियनमा झरेको थियो । सन् २०२० र २०२१ मा कोभिड–१९ महामारीका कारण यो सङ्ख्यामा थप घटेको थियो ।सिन्ह्वा

वि.सं.२०७९ जेठ ८ आइतवार २१:३२ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...