काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटको नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ प्रति आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बुँदा नम्बर १३६ ले भ्रष्टाचारलाई प्रवद्र्धन गर्ने खुलेआम घोषणा गरिएको आरोप लगाए ।
“ बुँदा नम्बर १३६ ले ढुक्कसँग भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ, होइन भने मलाई गलत सावित गर्नुस्”, ओलीले भने, “बुँदा नम्बर ७३ र ७७ हेरिसकेपछि बाँकी १४३ बुँदाको पनि सहजै अनुमान गर्न सकिन्छ ।”
ओलीले सरकारको नीति तथा कार्यक्रम कुनै लक्ष्य तथा गन्तव्य विनाको जेरी जस्तै भएको आरोप लगाए ।
स्मरणरहोस् नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ मा “भ्रष्टाचारको उच्च जोखिमका क्षेत्र, निकाय र पदीय जिम्मेवारीको विश्लेषण गरी प्रभावकारी अनुगमन र निगरानी गर्दै निरोधात्मक, उपचारात्मक तथा प्रवर्द्धनात्मक अवलम्बन गरिनेछ” भन्ने वाक्यांश छ ।
ओलीले सरकारसँग आफ्नो कुनै नीति नै नरहेको बताए । नीति तथा कार्यक्रम कुन पार्टीको भन्ने पनि नरहेको बताए ।
सम्बन्धित समाचार
संसदमा ओलीको सम्बोधन : चुनावमा सत्तापक्षले पञ्चायतभन्दा बढी अत्याचार गर्यो
नीति तथा कार्यक्रमबारे ओलीको टिप्पणी : चास्नीमा नडुबाएको, तेलमा मात्रै तारेको जेरी
वि.सं.२०७९ जेठ १२ बिहीवार १२:५६ मा प्रकाशित






























