back
CTIZAN AD

चुनौतीलाई पन्छाउँदै समृद्ध नेपाल निर्माणमा जुट्नूपर्दछ :मुख्यमन्त्री भट्ट

वि.सं.२०७९ जेठ १५ आइतवार

804 

shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक र गणतन्त्रिक व्यवस्था ल्याउँदा गरिएका प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् । धनगढीमा आज आयोजित १५औँ गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले नयाँ व्यवस्थामा नयाँपन, नयाँ व्यवहारका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “विभिन्न चुनौतीलाई पन्छाउँदै समृद्ध नेपाल निर्माणमा जुट्नका लागि हामी आफ्नो कतव्र्यबाट कोही पनि पछाडि पर्नु हुँदैन ।” आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले विश्वमै उत्कृष्ट मानिएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा उपलब्धि महसुस हुनेगरी काम गर्न सहमति, सहकार्य र एकताको खाँचो रहेको औँल्याए ।

समारोहमा प्रदेश प्रमुख जोशीलाई नेपाली सेनाको टुकडीले सलामी दिनाका साथै विभिन्न समुदायको लोकसंस्कृति झल्किने झाँकी र नाच प्रस्तुत गरिएको थियो । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाजागाजासहित आरम्भ गरिएकोे प्रभातफेरीमा कर्मचारी, प्रहरी, नेपाली सेना, सङ्घसंस्थाका प्रतिनिधि, प्रदेश मन्त्रिपरिषद्का सदस्यलगायत सहभागी थिए

 

वि.सं.२०७९ जेठ १५ आइतवार १३:०१ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...