back
CTIZAN AD

क्रोएसियाले सन् २०२३ देखि यूरो प्रचलनमा ल्याउने

वि.सं.२०७९ जेठ १९ बिहीवार

741 

shares

फ्रयाङफर्ट । क्रोएसियामा अर्को बर्ष सन् २०२३ देखि यूरोपेली मुद्रा यूरो प्रचलनमा ल्याइने भएको छ ।
यूरो प्रचलनमा ल्याउनका लागि पुरा गर्नुपर्ने सबै मापदण्ड र प्रक्रिया पुरा गरिसकेकाले क्रोएसियामा यूरो प्रयोगमा आउने निश्चित भएको हो ।
यूरोपेली आयोगले सन् २०२३ को जनवरी १ देखि क्रोएसियामा औपचारिक रूपमा यूरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको जनाएको छ ।

यूरोपका धेरै देशमा राष्ट्रिय मुद्रको रुपमा प्रयोग हुँदै आएको यूरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २०औँ देश बन्ने भएको छ ।

यस पटक यूरो प्रयोगमा ल्याउन स्वीकृति पाउनेमा क्रोएसिया एक्लै भएको छ । क्रोएसियासँगै प्रक्रिया सुरु गरेका अन्य देशहरुले भने अहिले अनुमति पाएका छैनन् ।
यूरो प्रचलनमा ल्याउन पाउनु पर्ने माग गर्दै प्रक्रिया सुरु गर्नेमा बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्याण्ड, रोमानिया र स्वीडेन गरी ६ देश रहेका छन् । उनीहरुले धेरै मापदण्डहरु पुरा गर्न बाँकी रहेकाले यूरो प्रचलनका लागि अहिले नै अनुमती दिन नसकिएको यूरोपेली आयोगका अधिकारीहरुले जनाएका छन् ।

यूरो प्रचलनमा ल्याउनका लागि निवेदन दिएका देशहरुले सुरु गरेको प्रक्रियाका बारेमा पेस गरिएको प्रतिवेदनमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, “यूरो ग्रहण गर्ने क्रोएसियाको प्रक्रिया सन्तोषजनक भएकाले क्रोएसिया अव यूरो ग्रहण गर्ने तर्फ उन्मुख भएको छ, क्रोएसियालाई बधाई छ ।”

क्रोएसियाले यूरो अवलम्बन गरेपछि क्रोएसियाको अर्थतन्त्र थप बलियो हुने, व्यवस्थित हुने र आम नागरिक तथा व्यवसायीलाई पनि फाइदा पुग्ने विश्वास उहाँले व्यक्त गर्नु भएको छ । सिन्ह्वा

वि.सं.२०७९ जेठ १९ बिहीवार २१:१४ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...