back
CTIZAN AD

भारतमा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना

वि.सं.२०७९ जेठ २० शुक्रवार

819 

shares

नयाँ दिल्ली । भारतको एउटा प्रयोगशालामा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना भएका छन् ।

विरामीमध्ये अधिकांश महिला कामदार रहेका छन् । शुक्रबार भएको घटनामा परी विरामी भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ ।

भारतको आन्द्र प्रदेशमा रहेको औषधी उद्योगको प्रयोगशालामा प्रयोग हुने ग्याँस चुँहिएर त्यहाँ रहेका श्रमिक तथा कर्मचारीहरु विरामी भएका हुन् । आन्द्र प्रदेशको अनाकापली जिल्लामा घटना भएको हो ।

“घटनामा परी विरामी भएका १५० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ, उनीहरुलाई अहिले निगरानीमा राखेर उपचार भइरहेको छ,” जिल्ला चिकित्सा तथा स्वास्थ्य प्रमुख हेमन्त अनाबाथुलले भने ।

ग्याँस चुहावटको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

ग्याँस चुहिएपछि प्रयोगशालामा रहेकाहरुमा बान्ता हुने, रिङ्गटा लाग्ने, अचेत हुने, कमजोरी हुने श्वास प्रश्वासमा समस्या हुने लगायतका लक्षण देखा परेको थियो । सिन्ह्वा

वि.सं.२०७९ जेठ २० शुक्रवार २०:५९ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...