back
CTIZAN AD

महामारीपछि साउदी अरबले हजका लागि पहिलोपटक दश लाख तीर्थयात्रीलाई स्वागत गर्ने

वि.सं.२०७९ जेठ २१ शनिवार

825 

shares

रियाद । साउदी अरबले शनिबार कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ । अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वहरूमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएको थियो ।

इण्डोनेशियाबाट आएको समूह मदीना शहरमा आइतबार अवतरण भएको छ र आगामी हप्ताहरूमा हजको लागि तयारी गर्न दक्षिणी मक्काको पवित्र शहर जाने तय गरिएको थिया राज्य सञ्चालित सञ्चार माध्यमले बताएको छ ।

देशको हज मंत्रालयका मोहम्मद अल–बिजावीले राज्य सञ्चालित अल–एखबरीया च्यानललाई बताउँदै भने “आज हामीले इण्डोनेशियाबाट यस वर्षको तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेका छौँ । आगामी दिनमा मलेसिया र भारतबाट हजका लागि उडान जारी रहनेछन् ।”

“महामारीको कारण दुई वर्षे अवरोधपछिआज हामी राज्य बाहिरबाट परमेश्वरका पाहुनाहरूलाई स्वागत गर्न पाउँदा खुसी छौं ।” साउदी अरबले उनीहरूको व्यवस्थापनका लागि ‘पूर्ण तयारी’ गरिरहेको छ ।

इस्लामका पाँच खम्बामध्ये एक मानिने हजलाई आफ्नो जीवनमा कम्तीमा एक पटक सम्भव हुने सबै मुसलमानहरूले हज जाने प्रचलन छ ।

सामान्यतया विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक हज यात्रामा सन् २०१९ मा लगभग २ं५ लाख मानिसहरूले भाग लिएका थिए ।

सन् २०२० मा कोभिड–१९ को महामारी सुरु भएपछि साउदी अधिकारीहरूले नियन्त्रणको सीमा तोक्दै एक हजार तीर्थयात्रीहरूलाई मात्र भाग लिन दिने घोषणा गरका थिए ।

सन् २०२१ मा उक्त सङ्ख्यामा संशोधन गर्दै पूर्ण खोप लगाएका साउदी नागरिक तथा चिट्ठामार्फत छानिएका विदेशी बासिन्दाहरू गरी कूल ६० हजार हजमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

यो बर्षको अप्रिल महिनामा साउदी अरबले जुलाईमा हुने यस हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानहरूलाई भाग लिन अनुमति दिने घोषणा गरेको थियो ।

हजमा इस्लामको सबैभन्दा पवित्र शहर मक्का र पश्चिमी साउदी अरबका आसपासका क्षेत्रहरूमा पाँच दिनभन्दा बढी धार्मिक संस्कारहरू सम्पन्न गरिन्छन् ।एएफपी

वि.सं.२०७९ जेठ २१ शनिवार १८:२६ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...