back
CTIZAN AD

बेइजिङमा कोभिड–१९ नियन्त्रणसम्बन्धी प्रतिबन्धलाई खुकुलो पारियो

वि.सं.२०७९ जेठ २३ सोमवार

777 

shares

बेइजिङ । चीनको राजधानी शहर बेइजिङमा महामारीको स्थितिमा सुधार देखिएसँगै बेइजिङले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धलाई खुकुलो पार्ने भएको छ ।

कोभिडजन्य परिवर्तित नियमसँगै घरेलु तथा होटल तथा रेष्टुरेण्टको सेवा, कुरियर सेवा र भौतिक उपस्थितिमा हुने शैक्षिक कक्षालाई सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । “कोभिड–१९ सङ्क्रमित दर निकै कम भइसकेकोले महामारी नियन्त्रणका लागि अपनाइएका प्रतिबन्ध (नियम)लाई खुकुलो पार्न स्थानीय सरकारले तयारी थालेको छ,” महानगरका अधिकारीहरूले आइतबार बताए ।

यो नयाँ नियम फेङताई र चाङपिङ जिल्लाका केही क्षेत्रहरूबाहेक सोमबारदेखि चीनको राजधानीका सबै जिल्लाहरूमा लागू हुनेछ । सोमबारदेखि रेस्टुरेन्टभित्रका सेवा उपलब्ध हुनेछन् र एक देखि अर्को समुदायमा कुरियर सेवाका लागि अनुमति दिइनेछ । कुल आगन्तुक को प्रवाहलाई अधिकतम क्षमताको ७५ प्रतिशतभन्दा बढी नहुने गरी पुस्तकालय, संग्रहालय, सिनेमा र जिमजस्ता सार्वजनिक स्थानलाई पुनः सञ्चालन गर्न अनुमति दिइनेछ ।

सार्वजनिक स्थलमा प्रवेश गर्ने, सार्वजनिक यातायातमा यात्रा गर्ने वा जमघटहरूमा उपस्थित हुनेहरूले ७२ घण्टाभित्रै न्युक्लिक एसिड परीक्षणबाट सङ्क्रमित नभएको पुष्टि हुने रिपोर्ट साथमा बोक्नुपर्नेछ । बाह्रौं कक्षाका विद्यार्थीहरूबाहेक प्राथमिक, मध्यम र उच्च माध्यमिक विद्यालयका अन्य सबै कक्षाका विद्यार्थीहरूले भौतिक रूपमा जून १३ देखि कक्षामा उपस्थित भई कक्षा लिनसक्नेछन् ।

बालवालिकाहरूले पनि जून २० देखि कक्षाहरूमा उपस्थित भई अध्ययनका लागि अनुमति दिइनेछ । बेइजिङमा पछिल्लो २४ घण्टामा स्थानीयस्तरमा सङ्क्रमित हुनेको सङ्रख्या पाँच व्यक्ति रहेको स्थानीय प्रशासनले जनाएको छ ।सिन्ह्वा

वि.सं.२०७९ जेठ २३ सोमवार ०८:५० मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...