८ चैत,नवलपरासी । नवलपरासीको भेडाबारीमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गैंडाकोेट–११ भेडावारीकी ६१ वर्षीय पूर्णकला अधिकारी रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
भेडावारी सामुदायीक वनमा घास काट्न गएकी अधिकारीको बाघको आक्रमणबाट घटनास्थमै मृत्यु भएको जनाएको छ । अधिकारीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रासस