back
CTIZAN AD

नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको शेयर सुचिकृत

वि.सं.२०७९ जेठ २९ आइतवार

759 

shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिवाईसी नेपाल लघुवित्तको शेयर सुचिकृत भएको छ । कम्पनीको १२ लाख १६ हजार ४ सय १८ कित्ता शेयर शुक्रबार सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै सोमबारदेखि कम्पनीको शेयर कारोबारमा आउने छ । कम्पनीको सिवाईसीएल संकेतबाट कारोबार हुने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ३४४.३६ रुपैयाँदेखि १०३३.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस रेन्जबीचको जुनसुकै मुल्यमा रहेर कम्पनीको पहिलो कारोेबार हुन सक्ने छ ।

सोमबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भएर मुल्य निर्धारण भए पछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मुल्य तोक्ने गरेको छ ।

लघुवित्तले वैशाख ६ गतदेखि वैशाख २ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

आईपीआका लागि कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । रद्द भएका ३ हजार २ सय ७२ जनाको आवेदन बाहेक योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराई आइपीओ बाँडफाँड गरिएको थियो ।

उक्त गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका थिए । ति मध्ये ८ जनाले ११ ११ कित्ता शेयर पाएका थिए ।

सिवाईसीको साधारण शेयर (आईपीओ) बिहिबार बाँडफाडँ हुुने

वि.सं.२०७९ जेठ २९ आइतवार १४:३७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...