काठमाडौं । इलेक्ट्रोनिक्सले जोरपाटीमा सीजी डिजिटलको नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
जुन सीजी डिजिटलको २१औं शोरुम हो । उक्त नयाँ शोरुमको उद्घाटन चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी र गोकर्णेश्वर नगरपालिकका मेयर (प्रमुख) दिपक रिसालले गरेका हुन् । यस शोरुममा सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एल जि, सिजी, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्ल्याक प्लस डेकर, बेको र माईडिया जस्ता ब्रान्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ ।
नयाँ शोरुम शुभारम्भको अवसरमा कम्पनीले आफ्ना उपकरणहरुको खरिदमा विशेष छुट तथा उपहार दिने जानकारी गराएको छ । साथै, ग्राहकलाई मध्यनजर गर्दै फ्री डेलिभर, लोयल्टी प्रोग्राम, फ्रि माईक्रोवेभ ओभन कुकिङ क्लास÷डेमो, शून्य प्रतिशत ब्याज दरमा किस्ता बन्दी लगायत एक्स्चेन्ज अफर जस्ता सुबिधाहरु पनि दिएको छ । यससँगै आगामी दिनमा पनि सिजी डिजिटल शोरुमहरु विस्तार गरी ग्राहक नजिक पुग्ने सिजी डिजिटलको लक्ष्य रहेको छ ।
वि.सं.२०७९ जेठ ३० सोमवार ०७:३४ मा प्रकाशित





























