back
CTIZAN AD

असारदेखि सातामा ६ दिन सेयर बजार खुल्ने

वि.सं.२०७९ जेठ ३० सोमवार

738 

shares

काठमाडौ । असारदेखि सेयर बजार सातामा ६ दिन नै खुल्ने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असारदेखि आइतबार र शुक्रबारसमेत गरि ६ दिन नै खुलाउने तयारी गरेको हो ।

नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयाँलले बजार ६ दिन नै खुलाउने गरि छलफल भइरहेको जानकारी दिएका छन् । उनका अनुसार आइतबार र शुक्रबारसमेत कारोबार दिन थप्ने विषयमा छलफल चलिरहेको छ ।

बताइएअनुसार सोमबार बस्ने बैठकबाट कति दिने कारोबार गर्ने भन्ने विषयमा निर्णय हुनेछ ।

लगानीकर्ताले लामो समयदेखि नै कारोबार दिन बढाउन माग गर्दै आएका थिए । आइतबार सार्वजनिक बिदा दिने निर्णयबाट सरकार पछि हटेसँगै कारोबार दिन बढाउने विषयमा दबाब बढेको थियो ।

यसअघि आइतबारदेखि बिहीबारसम्म मात्रै सेयर कारोबार हुने गरेको थियो । तर, सरकारले शनिबार र आइतबार दुबै दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार बिदा दिएको थियो ।

वि.सं.२०७९ जेठ ३० सोमवार ०७:३१ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...