back
CTIZAN AD

एसपीसी नेपालका लागि घातक रहेको नेकपा एस निकट विद्यार्थी संगठनको ठहर

वि.सं.२०७९ असार १ बुधवार

1.2K 

shares

काठमाडौं । अमेरिकाले नेपालसामु प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालका लागि घातक रहेको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले जनाएको छ ।

संगठनका अध्यक्ष सुदेश पराजुलीले अमेरिकाले नेपाल सामु प्रस्ताव गरेको एसपीपी नेपालको सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त लगायत नेपालको परराष्ट्र नीतिको विरुद्ध रहेको र रणनीतिक हिसाबले यो नेपालको लागि यो घातक रहेको बताएका छन् ।

‘अमेरिकी सेनाले उक्त मस्यौदामाथि नेपाललाई हस्ताक्षर गर्न दवाव दिँदै नोपललाई कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्न खोज्ने बैदेशिक हस्तक्षेपको अनेरास्ववीयू घोर निन्दा र भत्र्सना गर्दछ ।’ पराजुलीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उल्लंघनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोलेको आफुहरुको ठहर रहेको समेत अनेरास्वीयूले जनाएको छ ।

‘राष्ट्रघाती १० बुँदे स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदामा हस्ताक्षर नर्गन नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दै बैदेशिक हस्तक्षेपको कडा प्रतिवाद गर्न अनेरास्ववीयू सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार युवा, विद्यार्थी, बुद्धिजीवी लगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछु ।’

आफुहरुको  अनुरोध वेवास्ता गरी एमसीसी र आइपिएसको कम्पोनेन्ट एसपीसी सम्झौता लागु गर्दै नेपाललाई विदेशीको युद्ध मैदान बनाउन लागि परेमा अनेरास्ववीयू यसका विरुद्ध कडा आन्दोलनमा उत्रने  चेतावनी समेत अध्यक्ष पराजुलीले दिएका छन् ।

वि.सं.२०७९ असार १ बुधवार ०९:०१ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...