back
CTIZAN AD

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा ओमान सहजै पराजित

वि.सं.२०७९ असार १ बुधवार

756 

shares

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ ।

अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो ।

ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ओमानले ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर मात्र १६३ रन बनाउन सक्यो । एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३ दशमलव एक ओभरमा पूरा ग¥यो ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५६ रन बनाए । शेखले ८६ बलमा ६२ रन बनाए । यसमा उनको एक छक्का र सात चौकासमेत सामेल थियो । यस्तै देव खनालले १२ बलमा एक चौकासहित १० तथा उपकप्तान रोहितकुमार पौडेलले अविजित २६ रनको योगदान दिए । उनले २१ बलको सामना गर्ने क्रममा एक छक्का र एक चौका हिर्काए । दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सात रन बनाए ।

बलिङतर्फ ओमानका फायाज बटले दुई तथा खवर अलीले एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको ओमान निर्धारित ५० ओभरको खेलमा १६३ रनमै खुम्चियो । ओमानका लागि कप्तान जिशन मक्सुदले अर्धशतकीय पारी खेले । उनले एक सय बलको सामना गर्ने क्रममा तीन चौकाको मद्दतमा ५२ रनको योगदान दिए । यस्तै सन्दीप गौडले ९१ बल खेल्दै एक छक्का र तीन चौकासहित ४७ रन बनाए ।

बलिङतर्फ नेपालका करन केसीले पाँच, कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । जितसँगै नेपाल अङ्कतालिकाको पाँचाँै स्थानमा उक्लिएको छ । नेपालले हालसम्म खेलेको १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अङ्क जोडेको छ । नेपालले अर्को खेल आज राति ९ः१५ बजे घरेलु टोली अमेरिकासँग खेल्ने छ ।

वि.सं.२०७९ असार १ बुधवार ०८:४० मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...