back
CTIZAN AD

एसिसी महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

वि.सं.२०७९ असार ३ शुक्रवार

825 

shares

काठमाडौँ । एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य भूटानले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो । भूटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नगवान चोदेनले ८, सोनाम चोदेनले ५ तथा पेमा सोल्डनले ४ रन जोडिन् ।

भूटानलाई सस्तैमा समेट्नेक्रममा नेपालकी सङ्गीता राई एक्लैले चार विकेट लिइन् भने कविता कुवँर र सीता रानामगरले समान दुई÷दुई विकेट लिए । त्यसैगरी अस्मिना कर्मचार्य र इन्दु वर्माले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल बनाएको थियो । नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान दिइन भने इन्दु बर्माले २० रन बनाइन् ।

त्यस्तै कप्तान रुविना क्षेत्रीले २१, डोली भट्टले ५, सीता रानामगरले ४ तथा ममता चौधरीले ३ रन जोडिन् ।

बलिङमा भूटानकी सोनाम चोदेन एक्लैले चार विकेट लिइन भने अञ्जु गुरुङ र तासी चेकीले एक एक विकेट लिए । समूह बी मा रहेको नेपालले भोलि कुवेतको सामना गर्नेछ । समूह बी मा नेपालसहित बहराइन, भूटान, हङकङ र कुवेत छन् ।्

त्यसैगरी समूह ए मा आयोजक मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् भने फाइनल पुग्ने टोलीले एशिया कप खेल्न पाउनेछ ।

वि.सं.२०७९ असार ३ शुक्रवार १७:१५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...