काठमाडौं । नेपालमा आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३६१० नमुना परीक्षण गरिएकोमा१६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका ३४ जनासँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या हालसम्म ९ लाख ७९ हजार ३४३ पुगेको छ ।
त्यस्तै आज निको भएका १५ जनासँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार २७७ पुगेको छ ।
त्यसैगरी कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।
नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १०४ रहेको छ । ती मध्ये १०२ जना होम र २ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ३३७ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।
वि.सं.२०७९ असार ३ शुक्रवार १७:२९ मा प्रकाशित




























