काठमाडौं । युएईमा रहेका नेपालीहरुले युएईमा दुर्घटनामा परि ज्यान गुमाएका चन्द्रकान्त भुसालको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
बेउलीबास दाजु भाई ग्रुप युएई, पर्वत सेवा समाज युएईको सहकार्य तथा पर्वत सेवा समाज युएईका प्रथम उपाध्यक्ष पूर्ण भुसालको संयोजकत्वमा संकलन गरिएको २ लाख २७ हजार रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम भुसालकी श्रीमती कीर्तिका शर्मा भुसाल (ढका कुमारी न्यौपाने) लाई असार ३ गते २ लाख २७ (दुई लाख सत्ताईस हजारमात्र ) पर्वत सेवा समाजका प्रथम उपाध्यक्ष पुर्ण भुसाल, समाजसेवी नवराज भुसाल तथा भरत भुसालसहितले उक्त रकम हस्तान्तरण गरेका थिए ।
पर्बतको पैयु गाउपालिका ३ बेउलीबास निबासी भुसालको युएईस्थित अल ऐनमा सडक दुर्घटनाम परि उपचारको क्रममा गत मंसिर २१ गते निधन भएको थियो ।


वि.सं.२०७९ असार ३ शुक्रवार १७:३६ मा प्रकाशित




























