काठमाडौ । माछापुछ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता सञ्चालनमा ल्याएको छ । उक्त खाताअन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।
माछापुछ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजारमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ । इच्छुक ग्राहक महानुभावले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्ने बैंकले जनाएको छ ।
माछापुछ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७९ असार ५ आइतवार ०८:२३ मा प्रकाशित




























