काठमाडौँ। चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले अग्रिमो (स्वीकृति) दिएको छ । अग्रिमो आएसँगै अब श्रेष्ठलाई नेपालको संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्ने छिन् ।
श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा अनुमोदन गरेको थियो ।
नेकपा माओवादी केन्द्रको तर्फबाट सिफारिसमा परेका श्रेष्ठ लामो समय देखि नागरिक आन्दोलन तथा मानवअधिकारवादी आन्दोलनमा सक्रिय रहँदै आएका छन् ।
सरकारले श्रेष्ठसहित २० मुलुकका लागि गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो । उनीहरू सबैको संसदीय सुनुवाई समितिबाट अनुमोदित भइसकेका छन् ।
कतारका लागि राजदूत नरेन्द्रविक्रम ढकाललाई भने राष्ट्रपतिले दोहाबाट अग्रिमो आएसँगै जेठ २६ नै नियुक्त गरिसकेकी छन् ।
वि.सं.२०७९ असार ५ आइतवार १९:३२ मा प्रकाशित




























