back
CTIZAN AD

चितवन र मकवानपुरका सबै पालिकामा बुद्धिजीवी अभियान बढाईने

वि.सं.२०७९ असार ६ सोमवार

660 

shares

भरतपुर, चितवन । बाग्मती प्रदेश अन्र्तगत चितवन र मकवानपरुका सत्रवटै पालिकामा बुद्धिजीवीहरुको अभियान बढाईने भएको छ ।

नेपाल बुद्धिजीवी संगठनमा आवद्ध बाग्मती प्रदेश अन्तर्गत चितवन र मकवानपुरका बुद्धिजीवीहरुको बिस्तारित बैठकलाई प्रमुख अतिथिका रुपमा संम्बोधन गर्दै सो संगठनका केन्द्रीय संयोजक कृष्णराज केसीले चितवन र मकवानपुर बौद्धिक हस्तक्षेपको नमुना जिल्ला बन्ने बिश्वास ब्यक्त गरेका छन् । उनले संगठनको जन्मपृष्ठभुमि र बिकासक्रमबारे बताउदै माओवादी केन्द्रलाई बलियो बनाउन र जनतालाई सहि कुरो सुसुचित गर्न बुद्धिजीवीहरु थप सक्रिय हुनुपर्नेमा जोड दिएका छन । उनले संगठनलाई गौरवशाली संगठनका रुपमा आत्मबोध गर्दै क्रान्तिका बाकी कामको जिम्मेवारी लिनुपर्ने निर्देशन समेत दिएका छन ।

No description available.

कार्यक्रमको बिशिष्ट अतिथि रहेका सो संगठनका सहसंयोजक नीलकण्ठ तिवारीले आन्दोलन, पार्टी र राष्टलाइ नै रचनात्मक योगदान दिंदै संगठनको सार्थकता पुष्टि गर्ने प्रतिबद्धता सहित बुद्धिजीवी संगठनको आन्तरिक प्रणाली तथा संगठनको निर्माण र परीचालनमा समेत संक्षिप्त प्रशिक्षणात्मक मन्तब्य दिएका थिए ।

बैठकमा बिशिष्ट अतिथि रहेका नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले साम्राज्यवाद कर्पोरेट पुजिवादको स्वरुपमा आएका बेला बुद्धिजीवीहरुले बैचारीक प्रतिवाद गर्नुपर्ने बताउदै बुद्धिजीवी संगठनमा नयाँ प्रतिभाहरुको ब्यबस्थापनका बारे सुझाव दिएका थिए ।

कार्यक्रममा संगठनका कार्यालय सदस्य तथा बाग्मती प्रदेश ईन्चार्ज भीमसेन गौतमले राजनैतिक, बैचारीक र अनुशासनका बिषयमा प्रशिक्षणात्मक मन्तब्य दिएका थिए भने संगठनका सल्लाहाकार प्राडा पुन्य प्रसाद रेग्मीले कृषिको ब्यबशायीकरणबाट आत्मनिर्भर हुदै स्वाधिन अर्थतन्त्रका लागी बुद्धिजीवीहरुको ध्यान जानुपर्ने बताएका थिए ।

No description available.

संगठनका बाग्मति प्रदेश अध्यक्ष कृष्ण कोपीलाको अध्यक्षता र सचिव भरत गौतमले संचालन गरेको सो कार्यक्रममा केन्द्रीय सदस्य बिनोदखण्ड तिमिल्सीना र मकवानपुर संयोजक अरुण खतिवडाले बुद्धिजीवीहरुको भुमिका बढाउनुपर्ने बताएका थिए भने प्रदेश उपाध्यक्ष डा प्रेम सागर भण्डारीले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा भरतपुर महानगरका माओवादी प्रतिनिधि हरीशचन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा ईश्वरचन्द्र पौडेल, केदार बराल, देव अन्जन शाह, प्रमोद तिवारी, गोकर्ण सापकोटा, गंगा भटराई, शुक्रमान राई, गायत्री रुपाखेती, तीर्थ घिसींग, खुशिराम मोक्तान लगायतले पालिकाहरुको चुनावी रिर्पोट र संगठनको भूमिका सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने सुरेन्द्र घिमीरे, ज्ञानबन्धु शर्मा, कृष्ण प्रसाद अर्याल, बिष्णुहरी महर्जन, डा. राजकुमार पंत, ठाकुर भटट, मीरा अधिकारी, ओमकार पाण्डे, लोक बहादुर मगर, गंगा राना, नवराज बंजारा, ज्योती सुबेदी, बुद्ध रायमाझी, कमला चालिसे, दुर्गा रायमाझी, शुशिला खड्का बस्नेत, नारायण दाहाल, नीलकण्ठ लामीछाने, बुद्धिनाथ ढुंगाना, सुरज घिसींग, विवेक लामीछाने, बुद्धि ढकाल, तीर्थराज पौडेल, मदन थापा मगर, गंगा सुवेदी, भीम प्रसाद लामिछाने लगायतले परिचय सहित धारणा राखेका थिए ।

 

संगठनका बाग्मती प्रदेश सचिव भरत गौतमका अनुसार बाग्मतीका १३ जिल्ला र ११९ पालिका मध्ये १३ जिल्लाका ५ क्लष्टर अन्तर्गत ११९ पालिकाको सांगठनिक स्थिती र स्थानिय तह निर्वाचनको समिक्षा प्रतिवेदन प्राप्त भै सकेको छ ।

बैठकमा पार्टी र संगठनबिचको समन्वय चुस्त हुनुपर्ने, सामाजिक मुद्धाहरुमा अध्ययन अन्वेषण हुनुपर्ने तथा निर्वाचनमा भएको ‘भोट फिक्सिंग’ लाई गंभिरताका साथ लिनुपर्ने, उम्मेदवार तय गर्दा मापदण्ड निश्चित हुनुपर्ने, निर्वाचन प्रणाली सुधारका लागी अनिवार्य कदम चाल्नुपर्ने, बैचारीक राजनैतिक काममा जोड दिनुपर्ने लगायतका बिषय महत्वका साथ उठेका थिए ।

 

 

वि.सं.२०७९ असार ६ सोमवार १५:१५ मा प्रकाशित

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

झापामा रगतको माग उच्च

झापामा रगतको माग उच्च

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...