
यहि मार्च १९ तारिक आईतबारका दिन नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले जननायक गिरिजा प्रसाद कोईरालाको ७औं स्मृति दिवसको अवसर पारेर “नेपालको वर्तमान समसामयीक राजनितिक अवस्थाको” बारेमा एक वृहत कार्यक्रमको आयोजना गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद सरिता प्रसाईको प्रमुख आथित्य र नेपाली काँग्रेसका सांसद कमल अख्तरको बिशेष आथित्यमा गरिएको उक्त कार्यक्रममा न्यूयोर्क वासी नेपालीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।
प्रमुख अथितीको रूपमा बोल्दै नेका केन्द्रीय सदस्य एवं सांसद सरीता प्रसाईले संविधान निर्माणमा जसरी नेकाले नेतृत्व गरेको थियो, उसैगरी सबैको भावनालाई समेटेर कार्यान्वयनमा पनि नेतृत्व दिने कुरा राख्दै, त्यसका निमित्त काँग्रेसको मध्यमार्गी बिचार सर्वोकृष्ट भएको कुरा राखेका थिए ।
अहिले देशले निर्वाचन चाहेकोले सबैलाई मिलाएर निकास दिन स्थानीय तहको निर्वाचन गराउने पक्षमा काँग्रेस रहेको बताउँदै संगठन भित्र साना तिना असहमतिहरू हुने भएकोले प्रवासमा मिलेर बस्न केन्दीय सदस्य एवं सांसद प्रसाईले सबै संग आग्रह गरेका थिए । बिशेष अथिति नेकाका सांसद कमल अख्तरले पिछडिएका बर्ग, मधेशी, जनजाति अल्प संख्यकहरूका निमित्त बनेका आयोगहरूको अहिलेसम्म पनि एेन, निति, कानुन बन्न नसक्दा संविधान कार्यान्वयनमा समस्याहरू आईरहेको कुरा बताएका थिए । अर्का अथिति नेपाली काँग्रेसका पुराना नेता त्रैलोक्यप्रताप सेनले मिलाउँन सकेमा जनसम्पर्क समिति अमेरिकाले मातृ पार्टी काँग्रसका लागि धेरै कुराहरू दिन सक्ने कुरा सम्झाएका थिए । पूर्व संयोजक विष्णु सुवेदीले साधरण सभाको कुनै औचित्य नभएकोले संस्थाको डेलिगेट भेलाको बारेमा चर्चा गरेका थिए । लामो समयपछि मिलेको संगठनलाई अहिलेको नेतृत्वले पुनस् विवाद तिर धकेलेको आरोप समेत सुवेदीले लगाएका थिए । नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले मुलुकका ठुला दलहरूको कतान्त्रिककरण, सामाजिककरण र आधुनिकीकरण हुन नसक्दा देशको राष्ट्रियता र लोकतन्र कमजोर बनेको होकी भन्ने कुराको उठान गरेका थिए । एक छुट्टै प्रशंगमा महासचिव नेम्बाङले संगठनमा देखिएका विमतिहरूको समाधान गर्ने थलो साधरण सभा नै भएकोले सबैलाई सहभागि गराउँने वातावरणको सृजना आफुहरूले गरिरहेको कुरा बताएका थिए ।
केन्द्रीय कोषाध्यक्ष बिजय थुलुङले अहिले संगठनमा कुमारहरू होईन गणेश प्रवृति हाभि भएकाले दुःख गरेका कार्यकर्ताहरू कहिल्यै माथि उठन नसकेको दुस्खेसो पोखेका थिए । अन्य बक्ताहरूमा नेपाली जनसंपर्क समिति अमेरिकाका केन्द्रीय सदस्यहरू सुवास लामा, हरी शर्मा, प्रमोद सिटौला, नेपाली साँस्कृतिक संघ अमेरिकाका संयोजक बिक्रान्त वस्नेत, नेपाली लगंआईल्याण्ड समाज अमेरिकाका सभापति दुर्गेश कार्की, नेपाल आदिवासी जनजाति संघिय परिषद अमेरिकाका सभामुख विनोद पोमो, एनआरएन न्यूयोर्क च्याप्टरका सभापति टेम्बा शेर्पा, एनआरएन अमेरिकाका सल्लाहकार डा विनोद शाह, केन्द्रीय सदस्य हरीशचन्द्र हमाल लगायत थिए । स्थानिय ज्याक्सन हाईटको थकाली रेस्टुरेन्टमा भएको सो कार्यक्रमका अथितिलाई च्याप्टरका सचिव अनिल पाण्डेले खादा लगाई दिएका थिए, भने स्वागत मन्तव्य च्याप्टरका सदस्य विवेक पौंड्यालले गरेका थिए। नेपाली जनसंपर्क समिति यूयार्क च्याप्टर अमेरिकाका सभापति रोशन ढंगनाको अध्यक्षतामा संम्पन्न भएको उक्त कार्यक्रमको संन्चालक भने च्याप्टरका उपसभापति अमर तामांगले गरेका थिए।
वि.सं.२०७३ चैत ९ बुधवार ०६:५३ मा प्रकाशित






























