काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले महँगीले जनताको ढाड भाच्चिने अवस्थामा पनि सरकारले कुनै पहल नगरेको आरोप लगाएका छन् ।
डा. भट्टराईले दल/नेता सत्ता.गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा.क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण रहेको बताएका छन् ।
‘हाम्रा दल.नेता सत्ता.गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ ।
विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ ! यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ । खै सरकारी पहल ?’ अध्यक्ष भट्टराईले सामाजिक संजालमा लेखेका छन् ।
हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ।विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन,ढुवानी,यातायातको लागत बढाएर सबैतिर महॅगी बढ्छ!यो अचाक्ली महॅगीले जनताको ढाड भाॅचिदैछ।खै सरकारी पहल? pic.twitter.com/HUyS0gFKjB
— Baburam Bhattarai (@brb1954) June 22, 2022
वि.सं.२०७९ असार ८ बुधवार १२:१३ मा प्रकाशित




























