काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी)बीच सम्झौता भएको छ । बैंक र स्मार्टच्वाइसबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे ।
बैंकका अनुसार सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप “सेञ्चुरी पे” प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्नेछन् ।
वि.सं.२०७९ असार ८ बुधवार १२:०१ मा प्रकाशित




























