back
CTIZAN AD

आँखाको क्यान्सरको सफल शल्यक्रिया

वि.सं.२०७९ असार ८ बुधवार

924 

shares

तुलसीपुर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो ।

आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहेका तुलसीपुर उपमहानगरपालिका–१४ निवासी प्रेमबहादुर वलीको शल्यक्रिया गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार साबिक राप्तीमै पहिलो पटक प्रतिष्ठानमा यो शल्यक्रिया सफल भएको हो । वलीले अर्को आँखा पहिलेदेखि नै नदेख्ने थिए । त्यसपछि उनले भरतपुर क्यान्सर अस्पतालसहितका अस्पतालमा उपचार गराउँदा पनि सम्भव हुन सकेको थिए । त्यसपछि वली राप्ती आँखा अस्पताल रक्षाचौर आएपछि त्यहा कार्यरत आँखा क्यान्सर विशेषज्ञ तथा अकु प्लाष्टिक सर्जन डा सुरेश रसाइली नेतृत्वको नेत्र चिकित्सक, असिस्टेन्ट शान्ता रेग्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थेसियेलोजिष्ट डा कुन्दन घिमिरेको टोलीले प्रतिष्ठानमा बिरामीको आँखाको गेडीलगायत सबै क्यान्सर निकालेर शल्यक्रिया गरेको हो ।

उच्च जोखिम लिएर आफूहरुले प्रतिष्ठानमा सफल शल्यक्रिया गरेको शल्यक्रियामा संलग्न आँखा रोग विशेषज्ञ चिकित्सक रसाइलीले बताए । आँखा अस्पताल रक्षाचौरमा सामान्य शल्यक्रिया हुने गरेको भए पनि पूरै बेहोस बनाएर शल्यक्रिया हुँदैन ।

प्रतिष्ठानमा एनेस्थेसियासहितका चिकित्सक र पूरै अत्याधुनिक शल्यक्रिया कक्ष भएकाले पनि शल्यक्रिया गर्न सहज भएको डा रसाइलीले बताए । आँखाको क्यान्सर फैलिएपश्चात् बिरामीको दिमागमा र अन्य शरीरका भागमा असर गर्ने भएकाले बिरामीको जीवन बचाउन शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।

 

वि.सं.२०७९ असार ८ बुधवार १४:२१ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...