काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल स्टक एक्सचेञ्जबीच सम्झौता भएको छ । बैंक र नेपाल स्टक एक्सचेञ्जबीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र (सीसीबीडीआठआठ)को सूचीकरण गर्ने सम्झौता भएको हो ।
बैंकका अनुसार बैंकले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो ।
बैंकले सर्वसाधारणमा वितरण गरेको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम यहि असार १५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको जनाएको छ ।
वि.सं.२०७९ असार १७ शुक्रवार १३:५१ मा प्रकाशित





























